आन्दोलनकारीले सरकारी कार्यालयमा तोडफोड गर्न सक्ने आशंकामा सरकारी कार्यालय रहेका क्षेत्रमा प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रशासनले जनकपुरको कदमचोदेखि मुरलीचोकसम्म, भुतनाथ मन्दिरदेखि जिल्ला अदालतसम्म र कोश ताथ लेखानियन्त्रण कार्यालयदेखि आन्तरिक राजश्व कार्यालयसम्मको पाँच सय मिटर वरपरको क्षेत्रमा निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
मंगलबार प्रदर्शनकारीले केही सरकारी कार्यालयमा तोडफोडको प्रयास गरेको भन्दै जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले अधिकांश सरकारी कार्यालय भएकोे क्षेत्रमा निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो । अर्को आदेश नआउञ्जेलसम्म लागि निषेधाज्ञा जारी रहने उहाँले बताउनुभयो ।







0 comments:
Post a Comment