बन्दकर्ताले सडकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेकामा आगो निभाउन प्रहरी पुग्दा सो झडप भएको हो । बन्दकर्ताले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि लाठीे प्रहार गरी स्थितिलाई नियन्त्रण गर्न खोजे पनि सम्भव नदेखिएपछि दुई सेल अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा एक प्रहरी घाइते भएका छन् । चार बन्दकर्तालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अहिले सो क्षेत्रको अवस्था सामान्य भइसकेको छ । रासस







0 comments:
Post a Comment