थरुहट र मधेसीले आन्दोलन गरिरहेको लामो समयपछि उनीहरु पनि सडकमा उत्रिएका हुन् । लोकतान्त्रिक मुस्लिम मञ्च नाम दिएर प्रदर्शनमा उत्रिएका उनीहरुले संवैधानिक मुस्लिम आयोगको सुनिश्चितता, संविधानमा मुस्लिमको पहिचान, कैलाली र कञ्चनपुरलाई बाँके, बर्दियासँग जोडेर नेपालगञ्जलाई प्रदेशिक राजधानी कायम गर्नुपर्ने मुख्य माग राखेका छन् ।
त्यस्तै मधेशी मोर्चाले पनि आज नेपालगन्जमा जनप्रदर्शन गरेको छ । नेपालगन्जको त्रिभुवन चोक, धम्बोझी, इन्द्रपुर, पुष्पलाल चोक, न्युरोड हुँदै जुलूस त्रिभुवन चोक पुगेर कोणसभामा परिणत भएको थियो । मोर्चाले निकालेको जुलुसमा नेपालगन्ज आसपासका गाउँबाट पनि जनसहभागिता रहेको थियो ।







0 comments:
Post a Comment