नक्कली नोट कारोबारमा सम्लग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोट बागेश्वरी घर भइ काठमाडौंको नेपालटारमा बस्ने २० वर्षका दीपक न्यौपानेलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त महाराजगंजका डिएसपी विश्वमणी पोखरेलले जानकारी दिए ।
न्यौपानेलाई आज काठमाडौं प्रहरी परिसरमा आयोजित्र पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । गंगबु बसर्पाक क्षेत्रमा नक्कली रुपैयाँको भइरहेको सुराकीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको डिएसपी पोखरेलले जानकारी दिए ।
बसर्पाक क्षेत्रबाट एक हजारका ८० थान, उनको नेपालटारस्थित कोठाबाट एक हजारको ५५ थान र १३ वटा छाप्न ठिक्क पारिएका कागजसहित न्यौपाने पक्राउ परेका हुन् । उनले १६ हजार नक्कली रुपैयाँ बजारमा पठाइसकेका छन् ।
१६ हजार नक्कली रुपैयाँ साढे ४ सय रुपैयाँमा बसपार्क क्षेत्रमा साटेको उनले बताए । केही समयदेखि मात्र उनले नक्कली नोट छाप्ने गरेको पोखरेलले बताए । नेपालटारस्थित ग्रामिण आर्दश कलेजमा स्नातक पहिलो वर्षमा अध्ययनरत न्यौपानेले पत्रकार सम्मेलमा धेरै रकम चाडै कमाउन आफूले नक्कली नोट छाप्न शुरु गरेको बताए ।
उनले नक्कली नोट छाप्नु अपराध भएपनि पछिल्लो जेनेरेशन कारण आफू नोट छाप्न होमिएको भन्दै उमेरलाई दोष दिए । उनले A4 साइजको पेपरमा कलर प्रिन्टरले नक्कली नोट छाप्ने गरेका थिए ।






0 comments:
Post a Comment