महोत्तरी, भदौ १६ – महोत्तरीको जलेश्वरमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपका कारण जलेश्वर बुधबार दिनभर तनावग्रस्त बनेको छ ।
प्रहरीले हानेको लाठी र अश्रग्यासका कारण केही आन्दोलनकारी घाइते भएका छन् । प्रदर्शनकारीले जलेश्वरको जिरोमाइलमा रहेको प्रहरी बिटमा आगो लगाएका छन् । यस्तै लोक सेवा आयोगको कार्यालयमा पनि तोडफोड गरेका छन् ।
महोत्तरीका प्रहरी उपरीक्षक सौरभ राणाले अहिलेसम्म ६ सेल अश्रुग्यास मात्र प्रहार गरिएको जानकारी दिनुभयो । उहाँले अहिलेसम्म कोही पनि आन्दोलनकारी घाइते नभएको दाबी गर्नुभयो । अनिश्चितकालिन आम हड्ताल लम्बिँदै जाँदा जनजीवन कष्टकर बनेको छ ।






0 comments:
Post a Comment