Tuesday, September 15, 2015

प्रधानमन्त्रीले रिसाएर भने, ‘संविधान आउने मिति समाध्यक्षलाई सोध्नुहोस्’,


काठमाडौँ, २९ भदौ । पत्रकारले प्रधानमन्त्री सुशील कोइरालालाई प्रश्न गरे, अब संविधान कहिले आउछ ? प्रधानमन्त्री केही आक्रोशित जस्ता थिए । उनले भने, ‘त्यो सभाध्यक्षलाई सोध्नुहोस् ।’

मंगलबार बिहान करिब एक घण्टा राष्ट्रपति डा. रामवरण यादवसँग भेट गरेर सितल निवासबाट निस्किएका प्रधानमन्त्री कोइराला यसरी जंगिएपछि पत्रकारले फेरी प्रश्न गरे, प्रधानन्त्रीज्यू रिसाउनुभए जस्तो छ नि के भयो ? कोइरालाले तत्काल जवाफ दिए, ‘मेरो बोली नै यस्तै हो ।’

राष्ट्रपतिसँग भेट गरेर निस्किएका प्रधानमन्त्रीलाई त्यसअघि नै पत्रकाले प्रश्न  गरेका थिए राष्ट्रपतिसँग के कुरा भयो ? उल्टै कोइरालाले प्रश्न गरे, ‘के के कुरा भयो म तपाईंहरुलाई बताउ ?’ पत्रकारसँग छोटो प्रतिक्रिया दिएर प्रधानमन्त्री सितल निवासबाट बाहिरिए ।

राष्ट्रपति यादव संविधान निर्माणको अन्तिम चरणमा आएर शीर्ष दलको निर्णयप्रति असन्तुष्ट छन् । मधेसवादी दलका मागलाई सम्बोधन नगरी संविधान जारी गर्ने मिति घोषणा गरेर राष्ट्रपतिलाई निम्तो दिइएपछि सोही विषयमा राष्ट्रपतिले प्रधानमन्त्रीसँग असन्तुष्टि राखेको बुझिएको छ ।

यता संविधानसभाका समाध्यक्षले प्रधानमन्त्री र शीर्ष दलका नेता सँग छलफल नगरी संविधान जारी गर्ने मिति सार्वजनिक गरेको प्रति प्रधानमन्त्री कोइराला समेत असन्तुष्ट रहेको बालुवाटार स्रोतले बताएको छ ।

0 comments:

Post a Comment