काठमाडौँ, २९ भदौ । संवैधानिक राष्ट्रपतिको विपक्षमा राप्रपा नेपालसँगै एमाओवादी पनि संविधानसभामा देखिएपछि सभाहल केही बेर हाँसोले गुञ्जियो ।
संविधानसभामा धारा ६१ को निर्णयार्थ मतदान गर्न सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले राखेको प्रस्तावमा राप्रपा नेपाल र एमाओवादीका सभासदले संवैधानिक राष्ट्रपतिको विपक्षमा मत दिए पछि सदन भित्र केही बेर हाँसो छाएको थियो ।
त्यहीबेला राप्रपा नेपालका अध्यक्ष थापाले प्रचण्ड लगायत नेतालाई जिस्क्याएका थिए। एमाओवादीलाई जिस्क्याएको भन्द्यै एमाओवादी नेता टोपबहादुर रायमाझीले मिडियाकक्षमा रहेका पत्रकारमाझ आएर आफ्नो पार्टीको धारणा स्पष्ट पारेका थिए।
धारा ६१ मा राप्रपा नेपालको माग संवैधानिक राजसंस्थाको पक्षमा छ । त्यस्तै माओवादीले संबैधानिक राष्टपतिको विपक्षमा मतदान गरेको माओवादीले जनाएको छ ।







0 comments:
Post a Comment