बर्दियामा पनि आन्दोलनकारीले एकजना प्रहरी हवल्दारको हत्या गरेका छन् ।
बर्दियाको मैनापोखरीमा प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा प्रहरी हवल्दार देव पाण्डेमाथी भाला र लाठीले आक्रमण भएको हो । गम्भिर घाईते भएका पाण्डेको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान आन्दोलनकारीले तोडफोड गर्न लागेका दुईवटा बसलाई छुटाउने क्रममा प्रहरीसित झडप भएको थियो । पाण्डेको अत्यधिक रक्तस्राव भएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी विनोद कुँवरले आफुले घटनाको बारेमा थाहा पाईसकेको र केही राउण्ड गोली समेत चलेको बताए ।
साभार नेपाल रिपोर्टस







0 comments:
Post a Comment