काठमाडौ, भदौ १६ - नेकपा एमाले र एकीकृत माओवादीबीच संविधान निर्माण र असन्तुष्ट पक्षका माग सम्बोधन गर्नेबारे छलफल भएको छ । बुधबार बिहान सिंहदरबारमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच असन्तुष्ट पक्षलाई पनि वार्तामार्फत संविधान निर्माण प्रक्रियामा ल्याउने विषयमा छलफल भएको हो ।
आन्दोलनरत पक्षले सरकारले वार्ताका लागि उपयुक्त वातावरण बनाउन नसकेको आरोप लगाइरहेको बेला दुई पार्टीबीच त्यसलाई कसरी सहजिकरण गर्न सकिन्छ भन्नेबारे छलफल भएको ओलीका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिनुभयो । एमाले र माओवादीबीच संंविधानको विधेयकमाथि संशोधन हाल्ने विषयमा पनि परामर्श भएको छ ।
तीन ठूला दलले विधेकमाथि संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरेका छन् ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment