Wednesday, September 2, 2015

श्रीमती बलात्कार गरेको अभियोगमा फरार अभियुक्त जेल चलान


भक्तपुर, भदौ १७ - भक्तपुर जिल्ला अदालतले विभिन्न मुद्दा लागेका फरार अभियुक्तलाई पक्राउ गरि जेल चलान गरेको छ । श्रीमतीलाई बलात्कार गरेको अभियोग मुद्दामा २०६४ सालमा अदालतले दोषी ठहर गरेपछि फरार रहेका भक्तपुर नगरपालिका ४ का श्रीराम बेकोजूलाई प्रहरीले पक्राउ गरेपछि अदालतले आज जेल चलान गरेको छ । यस्तै लागू औषध गाँजाको मुद्दामा २०६६ सालमा सजाय सुनाइएका कृष्ण बयरकोटी र २०६४ सालमा फरार रहेका सुनिल नापितलाई कैद भुक्तान गर्न डिल्लीबजार कारागार चलान गरिएको अदालतले जनाएको छ । यस्तै २०६१ सालमा चोरी मुद्दामा दोषी ठहर गरिएका सिपाडोलका राजु ख्याजु सुवाललाई प्रहरीले ११ वर्षपछि पक्राऊ गरि जेल चलान गरेको छ । यस्तै बहुबिवाह मुद्दामा २०६२ सालमा सजाय सुनाइएपछि फरार भएका नंखेलका गोविन्द खत्रीलाई पनि १० वर्षपछि पक्राउ गरेर जेल चलान गरिएको छ ।
बहुविवाह मुद्दामै २०७० सालमा कैद र जरिवानाको फैसलामा फरार रहेका गुण्डुका कृष्णबहादुर तामाङ्गलाई पनि अदालतले डिल्लीबजार कारागार चलान गरेको छ ।

0 comments:

Post a Comment