प्रधानमन्त्री कोइरालाले संविधान सभाका चार ठूला राजनीतिक दलका शीर्ष नेताहरुका बीचमा भएको सहमति अनुसार नै वार्ताको लागि आह्वान,पत्राचार र संवादको प्रक्रिया निरन्तर जारी रहेको जानकारी गराउदै शान्तिपूर्ण वार्ताको माध्यमबाटै समाधान निस्कनेमा आफू विश्वस्त रहेको बताए। उनले वार्ता, सहमति, सहकार्य, एकता र मेलमिलापको विकल्प नरहेको बताए। भेटमा प्रधानमन्त्री कोइरालाले संवादकै माध्यमबाट शान्तिप्रक्रियाका लडाकू समायोजन र हतियार व्यवस्थापन जस्ता जटील समस्याको पनि समाधान भएको स्मरण गराएका थिए। भेटमा एमाओवादी अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराईले आन्दोलनरत समूहसँग वार्ताको वातावरण निर्माण गरी वार्ता गर्न प्रधानमन्त्रीले पहल गर्नुपर्ने सुझाव दिए।







0 comments:
Post a Comment