जङ्गली हात्तीले राजगढ, महेशपुर, पृथ्वीनगर, पाठामारीलगायतका गाविसमा दुःख दिने गरेको छ । अधिकांश सुकुम्बासी नै जङ्गली हात्तीको आक्रमणमा पर्ने गरेको र उनीहरुसँग स्थायी धनी पुर्जा नभएका कारण क्षतिपूर्ति पनि पाउन नसकेकाले उनीहरु झन प्रताडित बनेका छन् ।
स्थायी धनी पुर्जा भएको मानिसको घर भत्काएमा रु १० हजार र अन्नपात खाएको प्रमाणित भएमा रु १० हजार क्षतिपूर्ति हुने व्यवस्था भए पनि स्थायी धनी पुर्जा नभएका कारण पीडितले क्षतिपूर्ति पनि पाउन सकेका छैनन् ।
गएको वैशाखयता अहिलेसम्ममा लगभग ५० वटा घर भत्काइसकेको छ भने जङ्गली हात्तीको समूहमा रहेको आँखा नदेख्ने एउटा कानो हात्तीले नै सबैभन्दा बढी क्षति गर्ने गरेको जिल्ला वन कार्यालयका प्रमुख इन्द्रमणि भण्डारीले जानकारी दिनुभयो ।
यस्तै झापाको उत्तरी क्षेत्र बाहुण्डांगीमा पाँच दशकदेखि भारतबाट प्रवेश गरी स्थानीय मानिसलाई दुःख, जनधनको क्षति गर्न थालेपछि सुरक्षाको निम्ति हात्तीलाई रोक्न विद्युतीय तारवार लगाउने कार्य तीव्र गतिमा भइरहेको जिल्ला वन कार्यालय झापाले जनाएको छ ।







0 comments:
Post a Comment