Tuesday, September 15, 2015

१०० धारा पारित,


काठमाडौं, भदौ २९ । संविधानसभाको बैठकमा संविधानको परिमार्जित विधेयकमाथि दफावार मतदान मंगलबार (आज) पनि जारी छ । संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको संविधानसभाको बैठकले संविधानको विधेयकका एक सयओटा धारा पारित गरेको छ ।

मंगलबार पारित धारा एकसयमा प्रधानमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने व्यवस्था छ ।

सोही धारामा एकपटक अविश्वासको प्रस्ताव अस्वीकृत भएको अवस्थामा त्यसको एक वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने ब्यवस्था छ । तर, प्रधानमन्त्रीले विश्वासको मत भने लिनुपर्नेछ ।


0 comments:

Post a Comment