Monday, September 14, 2015

आज दर खाने दिन :


२९ भदौ-
आज, हिन्दू नेपाली नारीहरुको महान् पर्व तीजको दरखाने दिन ।
विभिन्न परिकारका साथ दर खाएर मनाइँदैछ । हरितालिका तीजको अघिल्लो दिन हिन्दु नारीहरुले दर खाने प्रचलन छ । तीजको दिन बस्ने निराहार व्रतको अघिल्लो दिन मिष्ठान्न परिकारका साथ दर खाने चलनअनुसार चेलीबेटीलाई खिर, ढकनी, हलुवा, विभिन्न मिठाई लगायतका मिठा परिकार खुवाउने चलन छ ।
तर पछिल्लो समय तीज सुरु हुनुभन्दा १ महिनादेखि नै विभिन्न पार्टी र समारोह गरेर दरखाने चलन बढेकाले आजको दिनको बिशेष महत्व कम हुँदै गएको छ ।

0 comments:

Post a Comment