Monday, September 14, 2015

गोली हान्ने प्रहरी निलम्बित, ९ जनालाई सार्वजनिक मुद्धा




तनहुँ, २९ भदौ-
तनहुँको दमौलीमा गत शुक्रबार प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यु भएपछि, प्रदर्शनकारीमाथी भएको दमनबारे अनुसन्धान गर्न एकजना प्रहरीलाई निलम्बन गरिएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयले घटनाका बेला ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षक सरोज नराललाई निलम्बित गरेको हो । तनहुँको मानुङ्गका १६ बर्षीय पूर्णबहादुर आलेको मृत्यु भएपछि केही दिनदेखि दमौलीमा जारी तनाव कम गर्न प्रहरीले आफ्ना कर्मचारीलाई निलम्वन नै गरेर अनुसन्धान थालेको हो ।
यस्तै, विभिन्न भागमा तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले ९ जना युवालाई सार्वजनिक अपराध मुद्दा चलाएको छ ।

0 comments:

Post a Comment