Monday, September 14, 2015

लालबाबुको बैंक खातामा ४९ लाख !


काठमाडौं, भदौ २९ ।  अहिलको मन्त्रिमण्डलका चर्चित मन्त्री लालबाबु पण्डितको काठमाडौंमा घर छैन । गृह जिल्ला मोरङमा एउटा घर छ । काठमाडौंमा घर नभए पनि उनको नगद भने प्रशस्त देखिएको छ । जग्गा भने मोरङ, सर्लाही र ललितपुरको सैंबुमा छ ।


एभरेष्ट बैंक र कृषि विकास बैंकमा गरेर उनको ४९ लाख रुपैयाँ रहेको उल्लेख छ । जसलाई उनले पैतृक र स्वआर्जन सम्पत्तिका रुपमा उल्लेख गरेका छन् ।

उक्त रकम मन्त्री हुनुभन्दा अघि देखि नै बचत भएको उनले बताएका छन् । गहनातर्फ १० तोला सुन र १४ तोला चाँदी मन्त्री पण्डितको परिवारसँग छ, आजको दृष्टि साप्ताहिकमा खबर छ ।

0 comments:

Post a Comment