त्यस्तै देशका अन्य ठाउँमा शान्ति र सामाजिक सद्भावका लागि र्याली आयोजना हुन लागेको उनले बताए । ‘एमालेमाथि आक्रमण गर्नेहरु सबैको पहिचान गरिसकेका छौं,तिनीहरुले राम्रोसँग हिसाब किताब चुकाउनुपर्नेछ’ पहारीले भने ।
पहारीले एमाले नेताहरुलाई धम्की दिने तथा कार्यालयमा आक्रमण गर्नेहरुलाई मधेशकै एमाले युवाले तह लगाउने उनले बताए । युवा संघले मधेश व्यूरोको बैठक समेत बोलाएको व्यूरो प्रमुख सन्जिव झाले बताए ।
एमाले अध्यक्ष केपी ओली,एमाओवादी अध्यक्ष प्रचण्ड लगायतका नेताहरुको चरित्र हत्या गर्ने र जातीय समुदाय विरुद्ध घृणा फैलाउन आङकाजी शेर्पालाई प्रहरीले पक्राउ गरेकोमा स्वागत गर्दै युवा संघले उनलाई साइबर अपराध अनुसार कारवाही हुनुपर्ने जनाएको छ ।
युवा संघले शीर्ष नेताहरुलाई भौतिक हमला गर्ने धम्की दिने राजकुमार लेखीलाई समेत कानुनी कारवाहीको दायरमा ल्याउन माग गरेको छ । ‘सरकारले यस्ता व्यक्तिहरुलाई कानुनी कारवाही गर्दैन भने हामी गर्छौं’ उनले भने ।







0 comments:
Post a Comment