Wednesday, September 2, 2015

सन्नी लियोंनको विज्ञापनले भारतमा बलात्कार बढाएको एक नेताको आरोप


धेरैले भन्छन, 'नेताको बोलीको ठेगान हुन्न। उनीहरु जे पनि बोल्छन्।' भारतका एक नेताले बलिउड अभिनेत्री सन्नी लियोनलाई लिएर यस्तै अभिव्यक्ति दिएका छन्। कम्यूनिस्ट पार्टी अफ इन्डिया (सिपिआइ)का वरिष्ट नेता अतुल अन्जानले भारतमा बढिरहेको बलात्कार जस्ता घटनामा सन्नी लियोन जिम्मेवार रहेको बताएका छन्। मंगलबार उत्तर प्रदेशको गाजिपुरको एक र्‍यालीलाई सम्बोधन गर्दै उनले उक्त बयान दिएका हुन्।
र्‍यालीमा उनले भने, ' सन्नी लियोन नाम गरेकी एक महिला जो सबैभन्दा फोहरी फिल्मकी हिरोइन रहिसकेकी छ उसले खेलेको कण्डमको विज्ञापनले कामुक्ता फैलाउने काम गरेको छ। त्यसले संवेदनालाई बर्बाद गर्छ। कण्डमको सो विज्ञापन विभत्स छ जसले बलात्कारलाई बढावा गर्छ।'
त्यस्तै उनले युवाहरुलाई चेतावनी दिंदै त्यस्ता कुराबाट बचेर रहन सुझाएका छन्। उनका अनुसार टिभी र पत्रिकामा कण्डमको प्रचार चलिरहने हो भने देशमा बलात्कारको घटना धेरै बढ्ने ठोकुवा गरे। अश्लिल प्रचारप्रसारबाट देशका युवाहरुको संवेदना सिध्याउने काम भइरहेको बताए। उनले अरुले हेर्न भनेपछि सन्नीको फिल्म दुई मिनेट हेरेपछि आपूलाई लगातार उल्टी भएको दाबी गरे।

0 comments:

Post a Comment