काठमाडौ, श्रावण १८ - विश्व ट्वान्टी–२० छनोटमा नेपालले खेल्नै नसकेको कप्तान पारस खड्काले स्विकारेका छन् । डेढ महिना युरोप भ्रमणको निराशजनक यात्रापछि नेपाल फर्किए लगत्तै पारसले यस्तो बताएका हुन् । ‘सामन्य हिसाबमै भन्ने हो भने हामीले खेल्नै नसकेको हो । हार जित आफ्नो ठाउमा छ । हामीले यतिको कमजोर प्रर्दशन कहिल्यै गरेको थिएनौं,’ पारसले हारको जिम्मेवारी लिदैं भने, ‘हामीले आफ्नो क्षमता अनुसार २०–३० प्रतिशत पनि खेल्न सकेनौं । त्यसको मतलब हामीले प्रयास नै नगरेको होइन ।’ अर्को वर्ष भारतमा हुने विश्व ट्वान्टी–२० मा छनोट हुने उद्धेश्य बनाएको नेपालले आयरल्यान्ड र उत्तरी आयरल्यान्डमा भएको छनोट प्रतियोगितामा अमेरिकालाई मात्र पराजित गर्न सक्यो । लगातार चार खेले हारेको नेपाल छनोट प्रतियोगितामा सहभागी १४ टोलीमा १३औं भएको थियो । जबकी नेपाली क्रिकेट टोलीको लक्ष्य प्रतियोगिता नै जित्नु थियो । पारसले अगाडी भने, ‘हामीले जे जति योजना बनाएका थियौं । त्यो कुनै सफल भएन् । राम्रो नखेलेपछि हार्नुको अरु कुनै कारण नै हुदैंन् । हामीले आफैलाई दबाबमा ल्याएको पनि हुन सक्छ । किनभने त्यहाँको कन्डिसन खेल्नै नसक्ने भन्ने होइन, तर हामीले खेल्नै सकेन् । एउटा टिमका रुपमा हामी हार्दा खेरी निकै दुखि थियौं ।’ इङ्ल्यान्डमा चार अभ्यास खेल खेल्दै नेपालले प्रतियोगिताको तयारी गरेको थियो । त्यसपछि नेदरल्यान्ड्समा गएर चार ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेको थियो । त्यहाँ पनि नेपाल ३–१ ले पराजित भएको थियो । त्योसँगै नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को विश्व वरीयतामा प्रवेश गरेको थियो । तर आयरल्यान्डमा विश्वकपमा छनोट हुन नसकेपछि नेपाल वरीयताबाट पनि बाहिरीसकेको छ । लामो भ्रमणका कारण खेल्न नसकेको भनाइसँग पारस सहमत थिएनन् । आयरल्यान्डबाट फर्किएर नेपाली टोली स्कटल्यान्ड पुगेको थियो । त्यहाँ पनि नेपाल विश्व क्रिकेट लिग च्याम्पियनशिपको दुवै खेलमा स्कटल्यान्डसँग पराजित भएको थियो । च्याम्पियनसिपमा नेपालको यो पहिलो खेल पनि थियो । च्याम्पियनसिपलाई नै अबको लक्ष्य बनाउनु पर्ने पारस बताउछन् । ‘एकदिवसीयमा राम्रो गरेपछि नै आईसीसीले विकास कार्यक्रममा राख्ने हो, अब हामी च्याम्पियनसिपमा केन्द्रित हुनुपर्छ,’ पारसले भने, ‘हाम्रो लागि एउटा चुनौती छ । अब फेरी यो स्टेजबाट माथी आउनु छ ।’ नेपालले च्याम्पियनसिपमा नोभेम्बरमा पपुवा न्यु गिनीसँग खेल्ने छ । एकदिवसीय मान्यता पपुवा न्यु गिनीले विश्व टवान्टी–२० छनोटमा नेपाललाई सजिलै पराजित गरेको थियो ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment