श्रीनगर (भारत), १८ साउन । भारत र पाकिस्तानका तैनाथ सुरक्षाफौजबीच काश्मिर क्षेत्रमा झडप भएको यहाँका सुरक्षा अधिकारीले जनाएका छन् । भारत तथा पाकिस्तानबीच भएको युद्धबिरामको उल्लङ्घन गर्दै दुवै देशका सुरक्षाफौजबीच भिडन्त भएको साथैे एक अर्कामाथि लक्षित गर्दै दुई देशको विवादित भूमि जम्मु, रजौरी र पुँच जिल्लाको विभिन्न इलाकामा गोली हानाहान भएको भारतीय पक्षबाट जानकारी गराइएको छ । “पाकिस्तानी सुरक्षाफौजले आइतबार पुँचको राति कृष्णगति र माडी इलाका, रजौरीको बालाकोटे र जम्मुको पालाङवाला क्षेत्रमा आक्रमण गरेको छ,” भारतीय रक्षा अधिकारीले सिन्ह्वालाई बताए । यसैबीच नयाँ दिल्ली र इस्लामाबादले पहिले युद्धबिराम भङ्ग गरेको भन्दै एक अर्कालाई आरोप लगाएका छन् । दुवैले आफ्नो भूमि र जनताका सुरक्षाका लागि उपयुक्त जवाफी कारबाही गरेको बताएका छन् ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment