मुलुकको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किमीमध्ये छैटौं प्रदेशले ४८ हजार पाँच सय १२ वर्ग किमि ओगटेको छ । अन्य प्रदेशको तुलनामा यो झन्डै दोब्बर हो । यो प्रदेश सुदूरपश्चिम र आसपासका १८ जिल्ला जोडेर बनाइएको छ । १८ मध्ये पाँच जिल्लामा उद्योग नै नभएको तथ्यांक छ । तराईका ८ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही रौतहट, बारा र पर्सा जिल्ला जोडिएको दोस्रो प्रदेश उद्योगले सम्पन्न देखिन्छ । यसमा ८ सय १२ उद्योग छन् । दोस्रो धेरै जनसंख्या र सबैभन्दा कम क्षेत्रफलको यो प्रदेशमा ९ हजार ६ सय ११ बर्ग किमि क्षेत्रफल र ५४ लाख ४ हजार त्त सय जनसंख्या छ । यो प्रदेशको औसत साक्षरता दर ४१ प्रतिशत छ । निर्माणाधीन र निर्माण भइसकेका जलविद्युत्त आयोजना नभएको यो प्रदेशको विकास सूचकांक ०.४२ विन्दु छ । उपत्यकाको तीन जिल्लासहितको तेस्रो प्रदेश मानव विकास सूचकांक ०.५१ विन्दुमा छ । यसमा ९ सय ७९ वटा उद्योग छन् । निर्माणाधन् िर निर्माण भइसकेका गरेर ३८ वटा जलविद्युत् छन् । यसको औसत साक्षरता दर ५६ प्रतिशत रहेको छ । क्षेत्रफल २० हजार ६ सय १२ वर्ष किमि छ । यो प्रदेशमा १३ जिल्ला छन् । बाँकी पहिलो, चौथो र पाचौं प्रदेश कतिपय सुचकांकमा समान छन् । पहिलो प्रदेशको क्षेत्रफल २५ हजार ९ सय ५ वर्ग किमि हो । जनसंख्इा ४५ लाख ३४ हजार ९ सय छ । त्यस्तै चौथो प्रदेशमा २० हजार ६ सय १२ वर्ग किमि क्षेत्रफलमा फैलिएको छ । यो सबैभन्दा कम जनसंख्या भएको प्रदेश हो , जसमा २२ लाख ७९ हजार ६ सय १ व्यक्ति छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।







0 comments:
Post a Comment