Wednesday, August 5, 2015

खुकुरीले छिनाएको हात ग्रान्डी अस्पतालमा जोडियो


काठमाडौँ, साउन २१- ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका डाक्टरहरूको टोलीले समयमै अस्पताल ल्याइपुर्या ए छिनेको हात पनि जोड्न सकिने कुरा पुनः एकपटक पुष्टी गरेका छन् ।IMG_8547 गत बुधवार खोटाङका एक युवकको छिनेको हात सफलतापूर्वक जोडिएपछि सो कुरा पुष्टि भएको हो। खोटाङका ३४ वर्षिय चरित्र कुमार तामाङको खुकुरी प्रहारका कारण छिनेको हात जोङ्ने शल्यकृया डाक्टरहरुको संयुक्त टोलीको दश घन्टाको अथक प्रयास पछि सफलतापूर्वक सम्पन्न भएको अस्पताल स्रोतले जनाएको छ ।

शल्यकृयामा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका कन्सल्ट्यान्ट भाष्कुलर सर्जन डा. उत्तम कृष्ण श्रेष्ठ, प्लाष्टिक सर्जनहरु डा. जयन मान श्रेष्ठ र डा. ज्योती रायमाझी , अर्थोपेडिक सर्जन डा. भाष्कर राज पन्त र एनेस्थेसियोलोजिष्ट डाक्टरहरु डा. मुरारी राज उप्रेती र डा. अर्चन अधिकारी सहभागी थिए । शल्यकृयापछिको चौथौं दिनदेखी नै तामाङले राहत महसुश गरेको र उनको घाउ पनि निको हुँदै गएको छ । उनको नाडिको चाल र हातको सेन्सेसन आउन समय लाग्नसक्ने उनको उपचारमा संलग्न चिकित्सकहरुको भनाइ छ । तामाङलाइ गत बुधवार मध्यान्ह खोटाङवाट हेलिकप्टरबाट उद्धार गरी ग्रान्डी अस्पतालमा ल्याइ तत्काल उपचार थालिएको थियो । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले यस अघि पनि तीनवटा यस्तै प्रकृतिको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

0 comments:

Post a Comment