भदौ १, खाल्टे (धादिङ)। जन्मदिने आमाबाबु नै अलपत्र छाडेर बेपत्ता भएपछि धादिङका दुई बालकको जन्मदर्तासमेत हुन सकेको छैन । आमा विदेश उडेर कुनै खोजखबर नै नगरेपछि काठमाडौंमा अलपत्र परेका यी दुई बालकलाई दुःख गरेरै भए पनि जसोतसो पाल्दैछिन् उनीहरुकी ठूलीआमा (आमाकी दिदी) रुबिना श्रेष्ठले । अन्दाजी ९ र ७ वर्षका यी बालकको नाम गाउँलेले नै राखिदिएका हुन् – सुमन र सदीप । आमाबाबु बेपत्ता भएपछि गाविस र जिविसले यिनीहरुको जन्मदर्ता समेत गर्न मानेनन् । १० वर्षअघि धादिङ, खाल्टे–६ की बिना श्रेष्ठले राजमार्गको होटलमा काम गर्ने क्रममा घरपरिवारको सल्लाहबिना त्यही काम गर्ने युवकसँग बिहे गरिन् । उनीहरुका दुई छोरा जन्मिए । एकाएक काम गरेको ठाउँबाट बिनाका पति गायब भए । उनले छाडेर हिँडेपछि बिनाका दुःखका दिन सुरु भए । होटलमा काम गरेर बालबच्चा पाल्न नसकेपछि उनी विदेश जाने सोचमा पुगिन् । दुई नाबालक छोरा विदेश पठाउने एजेन्टको जिम्मामा काठमाडौंमा अलपत्र छोडेर उनी परिवारको सल्लाहबिनै विदेश लागिन् । बिना विदेश गएपछि सम्पर्कमा आएकी छैनन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा मनीष दुवाडीले खबर लेख्नुभएको छ ।







0 comments:
Post a Comment