Monday, August 17, 2015

देवरले भाउजु भगाएपछि दाइले भाइबुहारी भगाए


१ भदौ, राजविराज । नाताले भाइ पर्ने (फूपूको छोरा)ले आफ्नी श्रीमती भगाएपछि सप्तरीको एक ब्यक्तिल भाइबुहारी भगाएका छन् । सप्तरी खड्गपुर गाविस-७ अमरैया टोलका ३५ वर्षीय उमेश राम पाँच वर्षअघि राजगरीका लागि मलेसिया गएका थिए । नाताले भाइ पर्ने सप्तरीकै लालापट्टी गाविस ४ बस्ने ३० वर्षीय भोलाराम उनीभन्दा दुई वर्षअघिदेखि मलेसियामा काम गर्दै आएका थिए ।

मलेसियाबाट बेलाबेलामा भोला गाउँ फर्किँदा उमेशले उनैको हातबाट ३० वर्षीया पत्नी तारादेवीलाई रकम पठाउने गरेका थिए । उमेशका अनुसार पाँच वर्षको अवधिमा पटक पटक गरी भोलामार्फत पत्नी तारादेवीलाई रकम पठाउने गरेका थिए । उमेशका अनुसार पाँच वर्षको अवधिमा पटक पटक गरी भोलामार्फत पत्नी तारादेबीलाई १२ लाख रुपैयाँ पठाएका थिए । रकम पुर्याउन जाँदा आउँदा भोलाको भाउजु तारासँग प्रेम बस्यो,  । गाउँलेको रोहबरमा देवर भाउजुको सम्बन्धलाई सामसुम पारे पनि तारादेबीले जेठी छोरी रबिनालाई घरमै छाडी तीन सन्तानसहित भोलासँग साथ लागिन् । रोचक पक्ष त यो छ कि उनले ताराकी पूर्व श्रीमान उमेशले तारालाई फर्काउने निकै प्रयत्न गरे । सीप नलागेपछि उमेशले भोलाकै कान्छी श्रीमतीसँग हिमचिम बढाउँदै लगे । दुवै जना श्रीमान श्रीमतीबाट ठगिएकोले प्रेम गहिरिँदै गयो र भागेर प्रेम विवाह गरे । अाजकाे राजधानी दैनिकमा खबर छ ।

0 comments:

Post a Comment