काठमाडौं – सुशील कोइराला पक्षले पार्टीको विधान संशोधन गरेर पदाधिकारीको संख्या बढाउने चलखेल थालेपछि नेपाली कांग्रेसमा फेरि भद्रगोल सुरु भएको छ । शेरबहादुर देउवा पक्षले कुनै पनि हालतमा पदाधिकारी थप्न नदिनेगरी भिड्ने योजना बनाएको छ । देउवा निवासमा भएको अनौपचारिक भेलाले पदाधिकारी थपेर आफ्नो गुट सेटल गर्ने कोइराला पक्षको योजना पूरा हुन नदिने संकल्प गरेको एक प्रभावशाली देउवा पक्षीय नेताले बताए ।
ती नेताले भने,‘कोइराला पक्षमा पदाधिकारीका लागि धेरै दाबेदार छन् । पद नपाए तिनीहरु धेरैजसो हामीतिर आउने आसले जबर्जस्ती पदाधिकार थप्न खोजिँदैछ । हामी कुनै हालतमा त्यो सफल हुन दिँदैनौं ।
कोइराला समूहले कम्तीमा दुई उपसभापति, तीन महामन्त्री, पाँच सहमहामन्त्री र कोषाध्यक्षसहितको पदाधिकारी टिम बनाउने गरी गृहकार्य थालेको छ । यसको जिम्मा नरहरि आचार्य, आनन्द ढुंगाना, दिलेन्द्र बडु, लगायतलार्य दिइएको छ । यो थाहा पाउनेबित्तिक देउवा पक्ष आक्रोसित बनेर कुनै हालतमा पदाधिकारी थप्न नदिने निष्कर्षमा पुगेको थाहा भएको छ । आजको साँघु साप्ताहिकले खबर लेखेको छ ।






0 comments:
Post a Comment