नवलपरासी साउन ११
नवल परासीकाे कुडिया गाउँबाट हराएका अर्का बालकलाई पनि बलि दिइ हत्या गरिएको आशंका अभिभावक र गाउँलेले गरेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
पत्याउन नसकिने घटनापछि गाउँलेले हराएका छिमेकी बालक पनि ‘देउतालाई चढाएको’ आशंका गरेका हुन् । गाउँबाट १ वर्षअघि हराएका १४ वर्षीय मगरु भनिने पुर्नवासी हरिजन पनि कोदाईका छिमेकी हुन् । उनको अहिलेसम्म पत्तो छैन । हराउनुअघि मगरु कोदाईसँगै घुम्ने गरेको उनका बाबु रामनयनले बताए ।
‘उनीहरूसँगै घुम्थे, रक्सी पनि खुवाउथे,’ बाबुले भने, ‘पछि बेपत्ता भयो ।’ मगरुकी आमा सिम्रिकका अनुसार सोनुको शव फेलापछि आक्रोसित गाउँलले अभियुक्तलाई कुटपिट गरेका थिए । ‘उनीहरू (अभियुक्त) लाई समातेर अहिलेसम्म कति जनालाई मार्यौं भनेर सोध्यौं,’ उनले कान्तिपुरसित भनिन्, ‘तिनीहरूले ३ जना देउतालाई चढाएको सुनाए ।’ उनले छोराको हत्या भए/नभएको छानबिन गर्न माग गरिन् । तस्बिर देखाउँदै उनले भनिन्, ‘४ छोरामध्ये कान्छो थियो, वर्ष दिन भयो, फेला परेन ।’






0 comments:
Post a Comment