Saturday, July 25, 2015

प्रहरीले पक्राउ गर्ने डरले सूचना नै नदिई सञ्जयकुमारले राखे घरमा सीसी क्यामेरा


काठमाडौं, साउन १० – हत्या आरोपित सभासद् सञ्जयकुमार शाहलाई पक्राउ गर्न गएको प्रहरी टोली सुरुमा उनको घरभित्र छिर्न हच्कियो । कारण थियो, उनको गेटमा रहेको क्लोज सर्किट सीसी क्यामेरा । प्रहरीले सीसी क्यामेरा देखेपछि त्यसबाट छेलिँदै घरभित्र प्रवेश गरेर शाहलाई खोज्यो तर उनी त्यहाँ थिएनन् । ललितपुर नखिपोटस्थित शाहको घरको गेटमा सीसी क्यामेरा राखेको भएपनि त्यसको सूचना टाँसिएको थिएन । शाहले सुरक्षाका कारण देखाउँदै सीसी क्यामेरा जडान गरेको भने पनि सूचना नदिई सीसी क्यामेरा राख्नु गैरकानुनी हो । सुरक्षाको कारण देखाउँदै सरकारी, निजी कम्पनी, सार्वजनिक स्थल तथा व्यक्तिगत निवासमा पनि सीसी क्यामेरा राख्न थालिएपछि यसको प्रयोग र नियमनबारे प्रश्न उठ्न थालेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ ।

0 comments:

Post a Comment