काठमाडौं, साउन १० – ‘सन्तानमध्ये सबैभन्दा यही छोरो राम्रो थियो, पापाीले घाँटी रेटेर मार्यो,’ छोरोको तस्बिर देखाउँदै शिवमंगल काहाँरले भक्कानिँदै भने । बलिको रुपमा चढाइएका सोनी बलिको रुपमा चढाइएका सोनी बलिका नाउँमा हत्या गरिएका १० वर्षीय छोरा जीवनको बोलाउने नाउँ सोनी हो । शिवमंगलबा दुई छोरी र दुई छोराध्ये सोनी माइला हुन् । मजदुर शिवमंगल बुधबार दिउँसो गण्डक नहरमा जाली बुन्न गएका थिए । सदरमुकाम परासीबाट २२ किलोमिटर पूर्व कुडिया गाविस–४ का उनी घर आउँदा माइला छोरा जीवनलाई देखेनन् । खेतको काम सकेर घर आउँदै गरेकी पत्नी निर्मलालाई सोधे, ‘सोनी कता गयो ?’ ‘यतै होला,’ निर्मलाले जवाफ दिइन । उनी घरधन्दामा लागिन् । शिवमंगल भने छोराको खोजीमा लागे । रातिसम्म सोनी नभेटेपछि उनी छोरा हराएकोमा विश्वस्त भए । गाउँमा हल्लाखल्ला भयो । भोलीपल्ट विहान इलाका प्रहरी कार्यालय बेलाटारीमा खोजतलासको निवेदन दिए । गाउँले सबै सोनीको खोजीमा लागे । कोदाई हरिजनबाहेक घटनामा संलग्न अन्य तीनजना पनि अरु गाउँलेसँगै सोनीको खोजीमा हिँडे । शुक्रबार दिउँसो सोनीको शव घरनजिकै रहेको झाडीमा भेटियो– घाँटी रेटिएको अवस्थामा । कोदाई सोनीलाई खोज्न नगएपछि गाउँलेले उनीमाथि शंका गरे । त्यसैको आधारमा प्रहरीले कोदाईसहित अन्य पाँच जनालाई पक्राउ गर्यो । त्यसपछि हत्याको रहस्य खुल्यो– सोनीलाई तान्त्रिक मन्त्र सिक्न बलिको नाउँमा हत्या गरिएको रहेछ । कोदाईले आफ्नै छोरा विजयलाई तान्त्रिक विद्या सिकाउन सोनीको हत्या गरेको खुलेको छ । हत्या गरेका सोनी स्थानीय शिवशंकर प्राविमा कक्षा ३ मा पढ्थे । प्रहरीले कोदाईसहित गंगा, हरिजन, रुद्वल हरिजन, सूर्यभान हरिजन र विजय हरिजनलाई पक्राउ गरेको छ । १८ वर्षीय विजय गाउँमा काठको काम गर्दै आएका थिए । विजयबाहेक अन्य चारजना गाउँमा लामो समयदेखि झारफुकको काम गर्दै आउका थिए । केही दिनदेखि बिरामीको बहानामा विजय बर्बराउन थालेका थिए । कोदाईले आफ्नै छोरा विजयलाई तान्त्रिक विद्या सिकाउन थालेको गाउँले बताउँछन् । कोदाईले छोरा बिरामी भएको र मान्छेको मासु खाने भन्दै बर्बराउन थालेको गाउँलेलाई बताएको पीडित शिवमंगलले बताए ।
तान्त्रिक विद्या सिक्न मान्छेको बलि नदिए छोरालाई सन्चो नहुने कोदाईले आफूसँगै काम गर्ने अन्य तीन झाँक्रीसँग भने । त्यसका लागि सहयोग गरे ५० हजार रुपैयाँ दिने बताएपछि अरू पनि सोनीलाई बलि चढाउन राजी भएको प्रहरीसँगको बयानमा उल्लेख छ । सोनीलाई घरमा बोलाएर बिस्कुट र अनार दिएर बलिको नाउँमा कोदाईले हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । गडासा (उखु काट्न प्रयोग हुने दाउजस्तो हतियार) ले घाँटी रेटेर सोनीको हत्या गरेको खुलेको छ । कोदाईले हत्या गरेको रात ट्वाइलेटमा शव लुकाएर राखेको र बिहीबार नजिकै रहेको झाडीमा फालेको बयान अभियुक्तहरूले दिएका छन् । सोनीकी आमा निर्मलाले अन्नपूर्णसँग भनिन्, ‘विवाह भएको आठ वर्षसम्म पनि सन्तान नभएपछि उसैले झारफुक गरेर जेठी छोरी जन्मिएकी थिई ।’ गाउँका सबैले उसको झारफुकमा विश्वास गर्दै आएको निर्मलाले बताइन् । उनले भनिन्, ‘छिमेकी भएकाले राम्रो सम्बन्ध थियो, यत्रो अपराध गर्यो ।’ हत्यामा संलग्न चारैजना गाउँमा झारफुकमा प्रख्यात रहेको स्थानीय सुमावती कोहाँरले बताइन् । अरू ठाउँबाट पनि उनीहरूसँग झारफुक गराउन आउने उनले बताइन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment