जनकपुर, साउन ११ – जनकपुरमा डाक्टरको लापरवाहीले दाँत निकाल्दा एक युवकको ज्यान गएको छ । दाँत निकालेपछि अत्याधिक रक्तश्राव हुँदा धनुषा तारापट्टी सिरसियाका अशोककुमार साहको ज्यान गएको हो ।
रामानन्दचोकको सीता डेन्टलमा डाक्टरले अशोकको दुखेको दाँत निकालेका थिए । रक्तश्राव नरोकिएपछि अशोकलाई उपचारका लागि धरान तथा सिलीगुडीको अस्पतालमा लगिएको थियो । सिलीगुडीमा उपचाररत साहको आइतबार राति ज्यान गएको हो ।
दाँत निकाल्न संलग्न चिकित्सकद्वय विजय प्रताप साह र प्रह्लाद राउतलाई झापा प्रहरीले पक्राउ गरेको छ । दाँत उखेल्ने क्रममा रक्तश्राव भएपछि साहलाई उपचार गराउन चिकित्सक द्वय साह र राउत समेतसँगै गएका थिए । सिलीगुडीमा पनि उपचार सम्भवन नभएपनि उनीहरु भागेकाले उनीहरुलाई पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ ।






0 comments:
Post a Comment