Monday, July 27, 2015

भारतका पूर्वराष्ट्रपति कलामको निधन


काठमाडौं, श्रावण ११ । भारतका पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामको ८३ वर्षको उमेरमा सोमबार साँझ  निधन भएको छ । भारतको सिलाङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गर्दा लडेका कलामलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
लडेर गम्भिर घाईते भएका पूर्वराष्ट्रपति कलामको उपचारका क्रममा निधन भएको भारतीय गृह मन्त्रालयले जनाएको छ । गृहसचिव एलसी गोयलका अनुसार कलामको निधनमा भारतीय सरकारले सात दिन सम्म शोक मनाउने निर्णय गरेको छ । सन् २००२ देखि २००७ सम्म भारतका राष्ट्रपति बनेका कलाम 'मिसाइल'वैज्ञानिकका रुपमा विश्वविख्यात थिए ।
'मिसाइल म्यान'को उपमाबाट सम्मानित कलामको निधनको खबरले भारती सरकारका प्रतिनिधि र आमभारतीयले गहिरो दु:ख र चिन्ता व्यक्त गर्दै सामाजिक संजालहरुमा उनको योगदानको चर्चा गरेका छन ।

0 comments:

Post a Comment