Monday, July 27, 2015

आफ्नै साथीको लिङ्ग र अण्डकोष काटी विभत्स हत्या गर्ने पक्राउ


काठमाडौं, साउन ११

आफ्नै साथीको हत्यामा सम्लग्न एक जनालाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ । मकवानपुर हटिया  ३ घर भएका ३२ वर्षका इश्वरबहादुर विष्टलाई पक्राउ गरिएको एसएसपी सर्बेन्द्र खनालले जानकारी दिए । उनले गत साउन १ गते दोलखा घर भइ मैपीमा रहेको सागर अटो मोबाइल वर्कसपमा सँगै काम गर्ने अशोक खड्काको हत्या गरेको उनले बताए।  साउन १ गते बिहानै साढे ७ बजे उनले खड्काको हत्या गरेका थिए ।
 
अनुसन्धानबाट खुल्न आएका कुरा
 
- मृतक अशोक खड्का विगत १८ महिना देखी सागर अटोमोवाईल वर्कशपमा काम गर्दै आएको र अभियुक्त विज्ञान भन्ने उमेश विक्रम विष्ट मिति २०७२-०३- २५ गतेबाट उक्त सागर अटोमोवाईलमा काम गर्दै आएको ।
 
- घटना भएको दिन मिति २०७२-०३-३१ गते बेलुकी घटनास्थल नजिकै रहेको भट्टी पसलमा अशोक खड्का र उमेश विक्रम बिष्ट गई उमेश विक्राम बिष्टले १ माना रक्सि खाएको तर मृतक अशोक खड्काले रक्सी नखाई करिब २०- २५ मिनेटपछि पसलबाट बाहिर निस्की गएको र अभियुक्त उमेश विक्रम बिष्ट वर्कशप तर्फ लागेको ।
 
- अभियुक्त उमेश विक्रम बिष्ट वर्कशपमा नै बसिरहेको बेलामा २१.३० बजेतिर मृतक अशोक खड्का मिनरल वाटरको बोटलमा रु१०० को रक्सी लिएर वर्कशपमा आएको र उक्त रक्सी दुवै जना मिलेर खाएको । पछि पुस्न मृतकले रक्सी किनि ल्याई दुवै जना बसेर खाएको ।
 
- रक्सी खाने क्रममा वर्कशपमा बनाउन ल्याएको पिकान्टो मोटरमा गेयर अयल हालेको भनि साहुबाट अशोक खड्काले पैसा लिएको र उमेश विक्रम विष्टलाई नदिएको विषयमा दुई जना बिचमा विवाद भएको ।
 
-२३. ३७ बजे मृतकले सँगै काम गर्ने पुष्प श्रेष्ठलाई फोन गरी उमेशसँग झगडा भएको विषयमा जानकारी गराएको ।
 
- २३.४५ बजेको समयमा विवाद कै क्रममा दुईजना विच हात हालाहाल भएपछी अभियुक्त उमेश विक्रम विष्टले वर्कशपमा रहेको गलले अशोक खड्कालाई हान्दा निशान गाडीको सिसामा लागी सिसा समेत फुटेको । 
 
-मृतक निशान  गाडीको भित्र छिरे पछि उमेशले ढोका खोली आफुसँग भएको गलले घाँटीमा रोपेपछी मृतक गाडी भित्रनै बेहोस भएको त्यसपछि मृतकलाई बाहिर निकालेको । 
 
-मृतकलाई गाडीबाट बाहिर निकाल्दा सम्म छटपटाई रहेको देखी गलले पुस्न ५-६ पटक सम्म घाँटीमा रोपीदिएको र अब मर्योउ भनि गाडी भित्र रहेको कैंचीले मृतकको लिङ्ग र अण्डकोषको छालासमेत काटीवर्कशपमा रहेको कम्मलले लाशलाई छोपी बाहिर निस्कन लाग्दावर्कशपमा बाँधेर राखेको कुकुरलाई फुकाउन लाग्दा कुकुरले हातमा टोकेपछी म्हैपीको बाटो हुँदै बसपार्क सम्म पैदल गई बसपार्कमा नै बसेको ।
 
-भोलीपल्ट बिहान ४.३० बजेतिर  कालीमाटी चल्ने माईक्रोमा चढी कलंकीमा झरी कलंकीबाट थानकोट जाने माईक्रोमा चढी कान्छा दाई भन्ने सानुकान्छा वजुले काम गर्ने मकालु वर्कशपमा गई बसेको ।
 
- विज्ञान भन्ने उमेश विक्रम विष्टलाई गैरीगाउँमा रामहरी आचार्यले संचालन गरेको वर्कशपमा तोडफोड गरेको घटनामा वृत्त वानेश्वरले पक्राउ गरी २०७१र०९र०५ गते केही सार्वजनिक अपराधमामुद्दा दर्ता गराएकोमा सजाय भुक्तान गरि निज मिति २०७१-११-२६ गते डिल्लीबजार कारागारबाट छुटेको ।
 
-  विज्ञान भन्ने उमेश बिक्रम बिष्टलाई मिति २०७२-०४- १० गते राती अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरी मिति २०७२-०४- ११ गते अन्य थप कानुनी कारवाहीको लागी महानगरीय प्रहरी वृत्त लैनचौर पठाईएको ।

0 comments:

Post a Comment