डोटी, साउन ११ – डोटीको बुडारमा गाडीको ठक्करबाट एक जनाको ज्यान गएको छ । महेन्द्रनगरबाट दार्चुलाका लागि छुटेको ना ५ ख ८११७ नम्बरको गाडीको ठक्करबाट डोटीको लक्ष्मीनगर–२ का २० वर्षका हर्कबहादुर कपडेलको ज्यान गएको प्रहरीले जनाएको छ ।
डोटीको गैरा बजारमा गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका कपडेलको उपचारका लागि कैलाली लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






0 comments:
Post a Comment