Thursday, July 23, 2015

आँपको रुखमा चढेका बृद्धको गोली लागेर मृत्यु


धनकुटा, श्रावण ८ । धनकुटाको मौनाबुधुकमा गोली लागेर एक बृद्धको मृत्यु भएको छ । बिहीबार मौनाबुधुक–१ का नन्दलाल राईले आफ्नै बारीमा रहेको आपको बोटमा आएको बाँदरलाई भरुवा बन्दुकले गोलीले प्रहार गर्दा स्थानीय ६६ बर्षीय धनबहादुरलाई लागेको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको खबर प्राप्त हुनासाथ घटनास्थलमा ईलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी टोली खटिई गोली प्रहार गर्ने नन्दलाल राईलाई नियन्त्रणमा लिएको छ ।

0 comments:

Post a Comment