काठमाडौं- नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण उपत्यका लगायतको जनजीवन प्रभावित भएको छ। फाटफुट निजी सवारीसाधन चलेपनि सार्वजनिक यातायात नचल्दा यात्रुहरु मारमा परेका छन्। बन्दका कारण अप्रिय घटना हुन नदिन प्रहरीले राजधानीको सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ। चीन र भारतबीच भएको लिपु सम्झौता खारेजलगायतका माग गर्दै माओवादीले आज नेपाल बन्दको आह्वान गरेको थियो। प्रहरीले बन्द गराउँदै हिँडेका केही माओवादी नेताहरुलाई राजधानीका विभिन्न स्थानबाट पक्राउसमेत गरेको छ। त्यस्तै बागलुङस्थित नागरिकन्युजकर्मी दिलीप पौडेलका अनुसार बन्द गराउँदै हिँडेका माओवादी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। बन्द गराउँदै हिँडेका १० जनालाई पक्राउ गरेको बागलुङका प्रहरी नायब उपरिक्षक प्रेम बहादुर बस्नेतले बताए। बागलुङ बजारको हलन चोकबाट विप्लब नेतृत्वको नेकपा माओवादी बागलुङका कार्यकर्तालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नेकपा माओवादी बागलुङका सेक्रेटरी विकिरणसहित, अनन्त केसी, नविन कुँवर, बाबुलाल शाक्य, दिन बहादुर कुमाल, एलपी बुढा, बाबुराम आचार्य, अविनास विक.,राम मगर, दिपेन्द्र कँडेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय,बागलुङले जनाएको छ।
माओवादी कार्यकर्ताले भने शान्तिपूर्ण बन्द गराउँदै हिँडेको अवस्थामा प्रहरीले धरपटक गरी पक्राउ गरेको आरोप लगाएका छन्। माओवादीले आह्वान गरेको बन्दको कारण यहाँ लामो तथा छोटो दुरीका सवारी साधन संचालनमा आएका छैनन्। यहाँ शैक्षिक संस्था, बजार बन्द छन्।

त्यस्तै दोलखास्थित नागरिकन्युजकर्मी रमेश खतिवडाका अनुसार बन्द गराउँदै हिँडेका सात जना माओवादी कार्यकर्ताहरु पक्राउ परेका छन्। उनीहरु सदरमुकाम चरिकोटस्थित सात्दोबाटोबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ। पक्राउ पर्नेमा जिल्ला इन्चार्ज सञ्जीव नेपाली, अर्जुन योगी, प्रखर लामा, नवराज खत्री, राजन धनुके, राजकुमार लामिछाने र राम ढुंगेल छन्। उनीहरु सबैलाई जिल्ला प्रहरी कार्यलयमा राखिएको छ। चरिकोटको अवस्थामा भने सामान्य छ। लामो दूरीबाहेक सवारीसाधन चलिरहेका छन्। पसल र विद्यालय खुल्ला छन्। जिलुला इन्चा संजीव नेपाली अर्जुन योग प्रखर लामा नवराज खत्री राजन धनुके राजकसुमार लामिछाने र राम ढुगेल सात प्राकाउ दोलखाको चरिकोटस्थित सत्दोबाटोबाट पक जिलुसला प्रहरी कार्यालयमा राखिएको जनजीवन सामनय छन्। त्यस्तै पर्वतस्थित नागरिकन्युजकर्मी छविलाल तिवारीका अनुसार सवारीसाधन सञ्चालनमा अवरोध पुर्याउने धौलागिरी इन्चार्जसहित तीन नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ। धौलागिरी इन्चार्ज पारसमणि रिजाल, केन्द्रीय सदस्य एवम् पर्वत जिल्ला इन्चार्ज गगनबहादुर थापा र राज्य समिति सदस्य एवम् अखिल क्रान्तिकारी पर्वतका अध्यक्ष मिनराज केसीलाई पर्वत प्रहरीले नियन्त्रणमा लिएको हो। तीनै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठले बताए। 'सवारीसाधनमा अवरोध गर्न खोजेपछि नियन्त्रणमा लिएका हौं,' श्रेष्ठले भने, 'बन्द सकिएपछि छाड्छौं।' बिहानै केही सवारी साधन गुडेपनि अहिले धौलागिरीबाट बाहिरीने सवारीसाधन गुड्न सकेका छैनन्। पर्वत सदरमुकामका बजारहरु फाट्टफुट्ट खुलेपनि अधिकांश पसल बन्द छन्। उता आफ्ना नेतालाई प्रहरीले नियन्त्रणमा लिएकोमा नेकपा माओवादी बिप्लब समूहले विरोध गरेको छ। राष्ट्रियताको पक्षमा गरिएको बन्दमा सामान्य विषयमा पनि नेतालाई पक्राउ गरेर सरकारले आफ्नो लाचारीपन देखाएको जिल्ला सेक्रेटरी बैकुष्ठ गिरीले बताए। त्यस्तै नेपालगन्जस्थित नागरिकन्युजकर्मी अर्जुन ओलीका अनुसार बाँकेको कुसुम-४ सौरीमा रोकिराखेको ना५ख ५०१४ नम्बरको ट्रकमा बन्दकर्ताले आगजनी गरेका छन्। बन्दकर्ताले नेपालगन्जमा पनि भारतीय नम्बर प्लेटको स्कुल भ्यान जलाएका छन्।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment