काठमाडौँ, साउन ८ – नेकपा माओवादीका कार्यकर्ता बिहानैदेखि प्रदर्शनमा उत्रेपछि उपत्यकाका सबै ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बन्दका क्रममा नेकपा माओवादीका नेता तिलक परियार, अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीसहित हालसम्म ५४ जनालाई उपत्यका ठाउँठाउँबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज पोखरेलले जानकारी गराए । उनका अनुसार केही कार्यकर्ता पेट्रोलसहित पक्राउ परेका छन् । बन्दकर्ताले महाराजगन्ज चोकमा एउटा बस र गोङ्गबुमा दूधको गाडीमा तोडफोड गरेको प्रहरी निरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। बन्दका कारण उपत्यकामा बिहानी समयमा सञ्चालन हुने शैक्षिक संस्थामा पनि पठनपाठन हुन सकेन ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment