Thursday, July 23, 2015

मगर परिवारको सपना गोलीले उडाएपछि


यतिखेर रोचेष्टरमा रहेको जितवहादुर मगरको घर सोकमा डुवेको छ। गत आईतवार १९ तारिखको पौने एघार बजे रातिको अध्यारोपछि सधैको लागि उज्यालो निभेको छ मगरको घरको। पौढ अवस्थाका उनका वुवा खड्ग र आमा धनमाया मगरको मात्र होइन् ७ जनाकी आमा उनकी अर्धागिनी रेनुका मगरको एउटै सपना काँचको सिसासरी फुटेर गएको छ। ७ जना उनका लालावाला टुहुरा भएका छन् र उनीहरुको भविश्य अन्यौलमा परेको छ। सो गोली काण्डमा मगरको मृत्यु भएपछि उनीसँगै त्यो घरको सपना टुटेर गएको छ। आफ्नो देश भुटानबाट लखेटिएर नेपालमा शरण लिनुको पीडाले वर्षौ गुजारेका मगर र उनको परिवार २०१२ को मे महिनाको १५ तारिखमा अमेरिका छिरेको थियो। अमेरिका पुगेपछि वृद्ध वुवा आमा, श्रीमती र ७ जना केटाकेटीका लागि एकमात्र आधार मगरको मृत्युले सर्वस्व गुमेको छ मगर परिवारको। यतिमात्र होइन् इेलेक्ट्रोनिक रिसाईकल कम्पनीमा कार्यरत मगर परिवारमा कमाउने एकमात्र हुन जसको मृत्युले पुरै परिवार विचल्लिमा परेको छ। दुईजना साथीसँगै राति पौने एघार बजे नजिकैको किराना पसलबाट सामान किनेर घर फर्किनको लागि गाडीमा बसेका वेला अज्ञात समूहले उनीमाथी गोली चलाएको थियो। गोली चलाउँदा उनको देव्रेपट्टिको ढाडमा लागेपछि उनलाई अस्पतालमा पुर्याइएको र केहिवेरमा अस्पतालमा उनलाई मृत्त घोषणा गरिएको थियो। मगरसँगै रहेका उनका दुईजना साथीहरु सकुसल रहेको बताईएको छ। उनीहरुलाई लुट्न आएको र एक्कासी गोली हानेर लुटेरा समूह भागेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान एवं हत्याराहरुको खोजी कार्य प्रहरीले जारी गरेको छ। रातिको समय भएर हत्याराहरू भाग्न सफल भएको प्रहरीको भनाई छ। मगरको घटनाले उनको घरमा मात्र होइन् पुरै टोल जहाँ ५ देखि ७ हजारको हाराहारीमा नेपालीभाषी भुटानीहरुको बस्छन् सवै शोकमा डुवेका छन्। यही जुलाई १५ तारिख शनिवारका दिन बिहान साढे नौ बजे रोचेष्टर न्युयोर्कमा रहेको भुटानिज कम्युनिटी अफ ग्रेटर रोचेष्टरले मगरको अन्त्यष्टिको प्रवन्ध मिलाएको संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रजित राना मगरले सेतोपाटीलाई जानकारी दिए। कुराकानीमा उनले मृतक मगर अत्यन्तै मिलनसार र सहयोगी र सरल व्यक्तित्व रहेको वताए । उनका अनुसार मृतक परिवारको लागि भनेर मृतक मगर काम गर्ने कम्पनी र स्थानिय समुदाय भुटानी समुदायले आर्थिक चन्दा संकलन गरेको छ जस अन्तर्गत आज विहिवारसम्म १४ हजार डलरभन्दा बढि रकम जम्मा भइसकेको छ। यसवाहेक स्थानीय सरकारले मगरको दाहसंस्कारको लागि लाग्ने खर्च वेहोर्ने वताएको उनले बताए। अमेरिकामा अहिलेसम्म नेपाली भाषी भुटानी ८० हजारको हाराहारीमा रहेको बताईन्छ।

0 comments:

Post a Comment