Saturday, July 25, 2015

झडपमा १३ तालिवानी बिद्रोहीको मृत्यु


फैजावाद (अफगानिस्तान), ९ साउन । गएको दुई दिनेदेखि जारी सरकारी पक्ष तथा तालिवान बिद्रोहीबीच भएको झडपमा एक दर्जन बढी तालिवानी बिद्रोहीको मृत्युभएको छ । सरकारी सेना तथा तालिवान बिद्रोहीबीच राज्यको उत्तरपूर्वी बादाखसान प्रान्तको बारडोज जिल्लास्थित तिरगास उपत्यकालाई आफ्नो नियन्त्रणमा लिने प्रयासस्वरुप भएको कार्वाहीका क्रममा झडप भएको हो । उक्त उपत्यका तालिवानी लडाकुले आफ्नो सुरक्षित बास्थानको रुपमा प्रयोग गर्दै आएका थिए । कम्तिमा १३ तालिवानी बिद्रोहीका साथै तीन विदेशी नागरिकको झडपमा परी मृत्यु भएकोे पुष्टि प्रान्तीय प्रहरी उपप्रमुख सकिँदाद हैदरीले सिन्ह्वानलाई बताउनुभयो । उहाँले सुरक्षाकर्मीतर्फ कुनै हताहती भए नभएको भने बताउनुभएन । सरकारी सुरक्षा फौजले तिरगारन उपत्यकालाई बिद्रोहीको कब्जा भन्दा बाहिर ल्याउने प्रयास स्वरुप आक्रमणलाई तीब्र बनाएको हो । यसैबीच, बारदोज जिल्लाका गभर्नरले दलत मोहमद खवारले दुई पक्षबीच गएको दुई दिनदेखि झडप जारी रहेको बताउदै दुबै पक्षबीच हताहतीसमेत भएकोे जानकारी गराउनुभयो ।

0 comments:

Post a Comment