Friday, July 24, 2015

'६ लाख ऋण लिएर लिएर किनेकाे ट्याक्सी जलाए'


मेरो नाम राकेश तामाङ हो । ३३ वर्षको भएँ, घर नुवाकोटाको टुप्चे । बानियाटार बस्छु । श्रीमती र छोराछोरी छन् । छोरी २ कक्षामा पढ्छिन्, छोरा भर्खर नर्सरीमा जान थालेको छ ।आजको कान्तिपुर दैनिकमा समाचार छ । मैले काठमाडौंमा ट्याक्सी चलाउन थालेको २०६३ सालदेखि हो । अर्काको भन्दा आफ्नै ट्याक्सी चलाउन पाए हुन्थ्यो भन्ने कसलाई हुन्न र ? मलाई पनि त्यस्तो लाग्थ्यो । ५–६ महिना अगाडि त्यो रहर पूरा भयो । सदाबहार फाइनान्समा जग्गा धितो राखेर ६ लाख ऋण लिएर ट्याक्सी किने । ९५ मोडलको पुरानो ट्याक्सी भए पनि अझै २ वर्ष चलाउन पाइने भन्ने थियो । दुई वर्ष चलाउँदा ऋण तिर्ने पैसा उठिसक्थ्यो । केही दिनदेखि अब पूरानो मोडलको चलाउन नपाइने भन्ने कुरा पनि सुनिरहेको थिएँ । आज बन्द छ भन्ने मलाई थाहा थियो । तर, बिहानदेखि नै गाडी चलेका थिए । गाडी नचले आफ्नो कमाई हुँदैन, घरमा कसरी बस्नु भनेर म निस्किएँ । ८ बजेतिर टिप भेटियो, दक्षिणकाली जाने । दक्षिणकालीमा मान्छे पुर्‍याएर हात्तिवन आएँ । हात्तिवनमा फुपु हुनुहुन्छ । फुपुलाई भेटेर म बानियाटार फर्किदै थिएँ । तीन बजेतिर म सोह्रखुट्टे आइपुगें । सडकमा टन्नै ट्याक्सी चलिरहेका थिए । बन्दकर्ता पनि देखिएका थिएनन् । अहिले पनि यहाँ ट्याक्सी कुदिरहेका छन् । दुईजना मान्छेले मेरो ट्याक्सी रोकेर खाली हो भनेर सोधे । मैले कहाँ जाने भनेर सोध्दै थिएँ, ती मान्छेले केही पोका मेरो ट्याक्सीमा फ्याँके । के फ्याँके भनेर मेसो नपाउँदै गाडीमा आगो बलिसकेको थियो । म ट्याक्सी भित्रै थिएँ । आफ्नो गाडीमा आगो बलेको देखेर आत्तिएँ । अनि ट्याक्सीबाट झरें ।

0 comments:

Post a Comment