Friday, July 24, 2015

१ सय १३ मिलियन वर्ष पुरानो चारखुट्टे सर्पको अवशेष फेला


एजेन्सी / ब्राजिलमा भेटिएको १ सय १३ मिलियन वर्ष पुरानो सर्पको अवशेष चारखुट्टे सर्पको अवशेष सबैभन्दा पुरानो रहेको वैज्ञानिकहरुले बताएका छन् । यसअघि पनि थुप्रै शर्पका अवशेष तथा अङगहरु भेटिएका थिए । तर, अहिलेको अवशेष आधुनिक सर्पका पुर्खाको रहेको वैज्ञानिकहरुले जनाएका छन् । त्यतिबेला सर्पले हातखुट्टाको प्रयोग प्रार्थनाका समयमा मात्रै गर्ने गरेको बताइएको छ । हिँड्नका लागि भने सर्पले खुट्टा प्रयोग नगरेको बरु घर्सदैं अहिलेको विकसित अवस्थामा आएको वैज्ञानिकहरुले बताएका छन् । सर्पहरु समुन्द्री सरिसृपबाट विकसित भएका हुन् भन्ने विषयमा अहिले पनि थुप्रै अनुसन्धानकर्ता तथा वैज्ञानिकबीच वहस चल्दै आएको छ । अहिले भेटिएको सर्पको अवशेष सबैभन्दा पुरानो रहेको र यो अवशेष पानीमा नभएर जमीनमा रहेको अनुसन्धानकर्ता डाक्टर निक लङरिचले बताएका छन् । पृथ्वीमा डायनोसरसको अस्तित्व रहेकै बेलादेखि सर्पहरु रहेको प्रमाण पनि यो अवशेषले पेश गरेको छ ।

0 comments:

Post a Comment