चितवन, साउन ९–हिन्दुराष्ट्र बचाउ अभियान नेपालले, नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने माग गर्दै विभिन्न विरोधको कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रवार भरतपुरमा पत्रकार सम्मेलन गर्दै अव बन्ने संविधानमा नेपाललाई हिन्दु राज्य कायम गर्नुपर्ने माग गरेका हुन् । चितवन, नवलपरासी तथा तनहुंका धार्मीक संघ संस्थाहरुको सहभागीतामा आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् । कार्यक्रम अन्र्तगत आज शनिवार मोटरसाईकल र्याली, आईतवार जिल्ला प्रशासन कार्यालय चितवन मार्फत ज्ञापनपत्र, सोमवार नारायणगढमा विशाल जनप्रर्दशन लगायत रहेका छन् । सरकारले आफुहरुको मागलाई बेवास्था गर्न खोजे १३ गते सांकेतिक रुपमा चितवन बन्द गर्ने चेतावनी दिएको छ । हिन्दु राज्य बचाउ अभियानका संयोजक डा. नुरप्रसाद सुवेदीले आफ्नो परम्परा स.स्कृति तथा संस्कारलाई बचाउनका लागी नेपाललाई हिन्दु राज्इ बनाउनुपर्नै वताए । नेपालको गरीमा हिन्दु राज्यमा भएको भन्दै आफ्नो गरीमालाई जोगाउने जिम्मा नेपालीमा भएको वताए । सम्पुर्ण जातीको पहिचान संस्कृति भएकाले सवै जातीलाई समट्ने धर्मको रुपमा हिन्दु धर्म लिने गरिएको उनिहरुको भनाई थियो । विश्व हिन्दु परिषदका सदस्य राजु सापकोटाले नेपालमा भएका नदीनाला, पहाडहरु तथा साहित्यहरु हिन्दु राज्यसंग जोडीएकाले नेपाललाई हिन्दु राज्यको रुपमा अगाडी बढाउनुपर्ने धारणा राखे ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment