रिलिजपछि तारिफै तारिफ र व्यवसायिक सफलता हासिल गरेको भारतीय फिल्म बाहुबलीको सिक्वेल ‘बाहुबली–द कन्क्लुजन’ सेप्टेम्बरदेखि फ्लोरमा जाने भएको छ । दोस्रो सिक्वेलको ४० प्रतिशत सुटिङ भइसकेको जानकारी फिल्ममा शिवुडुको भूमिका निभाएका प्रभासले दिएका छन् । सबै कलाकारहरु छुट्टीबाट फर्किइसकेपछि बाँकी रहेको युद्धका दृष्यहरु सेप्टेम्बर १५ बाट सु्टिङ सुरु गरिने उनले बताएका हुन्। 'बाहुबली–द कन्क्लुजन'मा छोराले बाबुको हत्याको बदला कसरी लिनेछन् भन्ने नै फिल्मको मुख्य विषयवस्तु भएको जनाइएको छ । फिल्मको पहिलो सिक्वेल जुलाई १० मा रिलिज भएको थियो । फिल्ममा प्रभास, राना दग्गुबाती, तमन्नाह भाटिया र अनुष्का शेट्टी मुख्य भूमिकामा छन् ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: enterintment
0 comments:
Post a Comment