काठमाडौंको सुन्धाराबाट प्रहरीले ७ किलो ३० ग्राम अफिमसहित २ जनालाई पक्राउ गरेको छ। दैलेख खरीगैरा ७ का २० वर्षीय विशाल गुरुङ र सुर्खेतकी २९ वर्षकी मन्जु तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जनाएको छ। बिक्री गर्ने उदेश्यले बोकेर हिँडिरहेको अवस्थामा उनीहरु पक्राउ परेको एसएसपी सर्बेन्द्र खनालले जानकारी दिए। यसैगरी प्रहरीले म्याग्दी दरवाङ्ग घर भई बौद्ध बस्ने गेम प्रसाद रोक्कालाई पक्राउ गरेको छ उनले म्याग्दी ठुलाचौर गा.वि.स.वडा नं.३ ढाँडपानी घर हुने उदयबहादुर भण्डारीलाई युगाण्डामा सेम्युरीटी गार्डमा पठाइदिने भन्दै ३ लाख २५ हजार लिएका थिए ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment