
जग्गा विवादबारे छलफलका लागि जिल्ला प्रहरीमा बोलाइएका पूर्वसभासद शिवचन्द्र कुशवाहले प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्ललाई धम्क्याएपछि प्रहरीले हिरासतमा लिएको छ ।‘छलफल गर्दागर्दै जुरुक्क उठेर अपशब्द प्रयोगसँगै धम्काउन थाले, ‘प्रहरी उपरीक्षक मल्लले भने, ‘आइतबार म्याद थमाएर कारबाही अगाडि बढ्छ । धम्क्याउने प्रवृत्तिविरुद्ध कारबाही जरुरी छ ।’ कुसवाहा एमाओवादीका तर्फबाट अघिल्लो संविधानसभामा निर्वाचित सभासद थिए । यसवर्ष एमाओवादीले टिकट नदिएपछि रातारात राजेन्द्र महतो नेतृत्वको सद्भावना प्रवेश गरी टिकट लिएका थिए । अहिले उनी सद्भावना पार्टीका राष्ट्रिय उपाध्यक्ष हुन् । कान्तिपुर दैनिकमा समाचार छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment