काठमाडौं, ९ साउन । नेपाल प्रहरीका चर्चित वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश खरेलले प्रमुख राजनीतिक दलका नेतालाई चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आक्रोश पोख्दै एसएसपी खरेलले नेतालाई गुमाउरो पारालेले चेतावनीको भाषा प्रयोग गरेका हुन् । एसएसपी खरेलले भनेका छन्-‘जनता ले अब नि हेरेर बस्ने छैनन्…..।’ देशमा संविधान निर्माणको प्रक्रिया अगाडि बढिरहेका बेला अब पनि अलमल गरे नेतालाई जनताले नछाड्ने चेतावनी उनको यो आक्रोशबाट दिन खोजेको छ । उसो त आफ्नै संगठनका सिनियर अधिकारीसँग नडराउने एसएसपी खरेलले केही नेतालाई खोरमा पनि हालिसकेका छन् । खोरमा हाल्न नसकेका नेतालाई एसएसपी खरेलले जनताको भाषाबाट चेतावनी दिएका हुन् । पदीय मर्यादा र संगठनको नियमानुसार सिधै बोल्न नपाउने भएपछि एसएसपी खरेलले जनताको नामबाट घुमाउरो पाराले नेतालाई सचेत गराउने उद्देश्यले चेतावनी दिएका हुन् । उनको यो आक्रोशबाट जनताले छिट्टै संविधान चाँहेको कुरा पनि नेतालाई भन्न खोजेको प्रष्ट हुन्छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment