
उदयपुर, साउन १० – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी) उदयपुरले नेपाली कांग्रेस उदयपुरका नेता कांग्रेस कार्यकर्तालाई सार्वजानिक रुपमा माफि नमागे कडा कारवाही गर्ने चेतावनी दिएको छ । विप्लव माओवादीले विज्ञप्ती जारी गर्दै साउन ३ गते बेलटारमा आयोजित संविधानको प्रारम्भिक मस्यौदामाथि सुझाव संकलन कार्यक्रममा सहरी विकासमन्त्री नारायण खड्कालाई त्रिपाल घोटालाबारे जिज्ञासा राख्ने स्थानीय तथा माओवादीका गालीगौज गर्ने र हातपात गर्ने गरेको भन्दै कडा कारवाही गर्ने जनाएको हो । लामिछानेमाथि आक्रमण गर्नेलाई माफी माग्न आग्रह गरिएको छ । पार्टीले एक विज्ञप्ती जारी गर्दै पाँचदिनअघि बेलटारमा आयोजित एक कार्यक्रममा पार्टी जिल्ला कमिटी सदस्य डिवि लामीछानेमाथि सांघातिक आक्रमण गर्ने कांग्रेस कार्यकर्ताले माफी मागेको बताइएको छ । कार्यक्रममा त्रिपालको विषय उठान गरेलगत्तै लामिछानेलाई मन्त्री खड्काका कार्यकर्ताहरु खगेन्द्र राई (काजी), मोती श्रेष्ठ, भुवन श्रेष्ठ र हरि कटुवालले हातपात गरी आक्रमण गरेको भन्दै सार्वजनिक रुपमा माफी माग्नुपर्ने भन्दै अन्यथा पार्टीले कडा कारबाही गर्ने चेतावनी विज्ञप्तीमा दिइएको छ । आफ्ना नेतामाथि आक्रमण गर्ने कांग्रेस कार्यकर्ताले सार्वजनिक माफी माग्नुपर्ने भन्दै अन्यथा पार्टीले कारबाही गर्ने चेतावनी दिएको छ । विज्ञप्तीमा वैशाख १२, २९ गते र त्यसपछि पटक पटक गएको भूकम्पले देश र जनता आक्रान्त भएको अवस्थामा कथित संविधान बनाउने नाममा सुझाव संकलनको नौटंकी गरिरहेको आरोप पनि लगाइएको छ । नेपाली भूमि दार्चुलाको लिपुलेकमाथि भारत र चीनले व्यापारिक नाका बनाउने सम्झौता गरेर मुलुकको सार्वभौमिक्ता र अखण्डतामा निर्मम हस्तक्षेप भईरहँदा पनि सरकार र ठूला दलहरु रमिते बनेर बसेको भन्दै विज्ञप्तीमा सत्तारुढ र प्रतिपक्षी १६ बुँदे सम्झौता गरेर १० वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन र त्सपछिका ऐतिहासिक मधेस, आदिबासी जनजाति आन्दोलनमा भएका सम्झौता विपरित पश्चगामी संविधान बनाउन लागिपरेको आरोप लगाइएको छ । नेकपा माओवादी सामन्ती राज्य सत्ताले निर्माण गरेको एकात्मक र केन्द्रिकृत शासनको जगमा रहेको सडेको विदेशी दलाल, भ्रष्टचारी, कालोबजारीको स्वार्थ रक्षा गर्ने जनविरोधी संसदीय व्यवस्थाको साटो जनवादी संघीय गणतान्त्रिक व्यवस्थाको पक्षमा रहेको पनि विज्ञप्तीमा उल्लेख छ । त्रिपाल घोटाला गर्ने मन्त्रीलाई समेत गम्भिर रुपमा लिएको भन्दै माओवादीले भ्रष्टचारीलाई कारवाहीको दायारामा जसरी पनि ल्याउने निर्णय गरेको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment