
ताप्लेजुङ, साउन १० –अन्तर्राष्ट्रिय बजारमा लगातार सुनको भाउ घटेपछि राजधानीसहितका अन्य बजारमा भाउ घटे पनि ताप्लेजुङमा भने पुरानै मूल्यमा सुनको कारोबार हुँदै आएको छ। स्थानीय उपभोक्ताले घटेको मूल्यभन्दा करिब ६ हजारभन्दा बढीमा मूल्यमा सुन किन्न बाध्य रहेका छन्। काठमाडौंमा प्रतितोला करिब ४८ हजारमा कारोबार हुँदै गर्दा ताप्लेजुङमा भने प्रतितोला ५३ हजार रुपियाँमा सुन कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रत्येक दिन कारोबार भएको सुनको मूल्य बताउने गरे पनि ताप्लेजुङका सुनचाँदी पसलमा भने सुनचाँदी व्यवसायी संघ ताप्लेजुङले तोकेको मूल्य नै लागू हुने गरेको छ। नेपाल बैंक ताप्लेजुङबाट सुन कारोबार नहुने र धरान तथा काठमाडौंबाट सुन ताप्लेजुङ खरिद गरेर बिक्री गर्नुपर्ने भएका कारण ताप्लेजुङमा सुन महँगो हुने गरेको सुनचाँदी व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष गंगाराम संखरले बताउनुभयो। ‘नेपाल बैंक ताप्लेजुङ शाखाले सुन कारोबार गर्दैन जिल्ला बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ, कारोबार पनि धेरै हुँदैन एकपटक ल्याएको सुन वर्षाैंसम्म बेच्नुपर्ने भएकाले मूल्य बढी नै हुन्छ’ अध्यक्ष संखरको भनाइ छ। ताप्लेजुङको सुनचाँदी व्यवसायी संघ नेपाल सुनचाँदी व्यवसायी महासंघसँग आबद्ध नभएकाले बाहिरका व्यापारीसँग सुन खरिद गर्दा महासंघले तोकेको भन्दा एक हजारदेखि १५ सय बढी रकम सुन खरिद गर्नुपर्ने र लामो बाटो ल्याउँदा सुरक्षा जोखिम हुने भएकाले खरिद मूल्य र गाडी भाडा जोडेर नाफासमेत गर्दा ५३ हजारदेखि ५४ हजारसम्ममा मात्र ताप्लेजुङमा सुन बिक्री गर्न सकिने उहाँको भनाइ छ। उहाँको भनाइलाई आधार मान्ने हो भने पनि ताप्लेजुङमा सुन व्यापारीले २५ सयदेखि ३ हजार रुपियाँसम्म नाफा राख्ने गरेका छन्। सुन ग्राहकले नेपाली बजारमा सुनको मूल्य कति छ भने हेक्का नराखेर खरिद गर्ने भएकाले पनि ताप्लेजुङमा सुन खरिद गर्ने ग्राहक ठगिने गरेका छन्। आजको समाचारपत्र दैनिकमा खबर छापिएको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment