काठमाडौं, साउन ८– ‘बसेर छलफल गर्न’ भन्दै पार्टी अध्यक्ष प्रचण्डले भेट्न बोलाउँदा पनि नेता लोकेन्द्र विष्टले समय दिएका छैनन् । प्रचण्डको नीजि सचिवालयले पछिल्लो पटक दुई दिन अगाडि विष्टलाई लाजिम्पाट आउन आग्रह गरेको थियो । तर, विष्टले समय नभएको भन्दै प्रचण्ड कहाँ जान अस्वीकार गरेका थिए । एमाओवादीसम्बद्ध स्रोतका अनुसार दुई दिनअघि प्रचण्डका स्वकिय सचिव चुडामणी खड्काले टेफिलोन गरेर विष्टलाई लाजिम्पाट आईदिन आग्रह गरेका थिए । तर विष्टले उनको आग्रह अस्विकार गर्दै ‘म आउँदिन, मेरो राजीनामा छिटो स्कीकृत गर्न भनिदिनु, यहि कुरा अध्यक्षलाई भन्नु’ भन्दै फोन राखेका थिए । यस अघि पनि प्रचण्डले विष्टलाई आफुकहाँ आएर समस्या राख्न बोलाएका थिए । त्यसबेला विष्ट पुर्वी नेपालमा थिए । उनले फोनमा ‘काठमाडौं आएपछि भेटौंला’ भन्ने जवाफ फर्काएका थिए । काठमाडौं आएपछि पनि विष्ट प्रचण्डकहाँ गएनन् । पार्टी केन्द्रीय समितिबाट राजीनामा दिएपनि प्रचण्डले विष्टको राजीनामा स्वीकृत गरेका छैनन । गत चैत १७ मा राजीनामा दिएका विष्टले अबका दिनमा कृषि पेशामा संलग्न रहने बताउँदै आएका छन् ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment