मोरङ, श्रावण ८ - दुई जना चढ्ने मोटरसाईकलमा चारजना चढ्दा दुर्घटना भएको छ । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । गएराति १० बजे मोरङको राजघाट-८ आमवाडीको भित्री सडकमा उतरबाट दक्षिणतर्फ आउँदै गरेको ४ जना सवार १८ प ४८७३ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । मादक पदार्थ सेवन गरि चारजना चढ्दा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनामा मोटरसाईकलमा सवार उर्लावारी-४ बस्ने २२ वर्षीय दिपक वातरको मृत्यु भएको छ । दुर्घटनामा परी चालक उर्लाबारी-४ कै राजु खडका, राजघाट-८ का निर्मल वातर र सोही ठाउँका अजित पाण्डे घाइते भएका छन् । दुर्घटनामा चारैजना घाइते भएकोमा सबैलाई उपचारका लागि स्थानीय अरनिको अस्पताल लगिएको थियो । गम्भीर भएका दिपकको थप उपचारका लागि विराट नर्सिङ होम विराटनगरमा ल्याइ उपचार गर्दागर्दै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment