बुटवल,साउन ७, नेकपा माओवादीले आयोजना गरेको एक दिने नेपालको बन्दको पूर्वसन्ध्यामा रुपन्देहीमा निकालेको ¥यालीसहितको मसाल जुलुसमाथी प्रहरीले दमन गरेको छ । साझ ७ बजे माओवादीको पार्टी कार्यालय बुटवल ६ स्थित रातो घरबाट सुरु गरीएको मसाल जुलुसमा सयौंको संख्यामा तैनाथ प्रहरीले दमन गर्दा झण्डै आधा दर्जन नेता कार्यकर्ता घाईते भएका छन् । रुपन्देहीको बुटवलमा आयोजित मसाल जुलुसमा माओवादीका केन्द्रियस्तरका नेता, पार्टी समर्थक र राष्ट्रवादी शुभचिन्तकसहित सयौंंको उपस्थिती रहेको थियो । प्रहरीको दमनमा पार्टी जिल्ला सदस्य कृष्ण क्षेत्री, जिल्ला सदस्य राजु बराह लगायत झण्डै आधा दर्जन नेता कार्यकर्ता घाईते भएका छन् । रुपन्देहीमा प्रहरीले आजसम्मकै व्यापक दमन भएको भन्दै यसप्रति पार्टी गम्भीर रहेको रुपन्देही सेक्रेटरी शरद ओलीले बताए । दमनको बीचपनि सयौंको संख्यामा उपस्थित नेता कार्यकर्ताहरु , ‘लिपुलेक हाम्रो हो’, आउ जनता सडकमा राष्ट्रियताको पक्षमा, भोलिको बन्द सफल पारौं जस्ता नाराहरु लगाउँदै जुलुस एकत्रित भएको थियो । जुलुसपछिको कोणसभामा बोल्दै नेकपा माओवादीका केन्द्रिय सदस्य वसन्त घर्ती मगरले लोकतान्त्रिक विधीअनुसार पनि शान्तिपूर्ण ढंगले राष्ट्रियतको पक्षमा विरोध गर्दै गर्दा, प्रहरीले दमनकारी सरकाले जुन दमन गरेको छ यसप्रति पार्टी गम्भीर रहेको भन्दै नेपालको भूमि लिपुलेक नेपालको भएको सयौं प्रमाणहरु हुँदाहुँदै पनि चीन र भारतले हस्तक्षेप गरेका छन् जतिवेलासम्म लिपुलेक सम्झौता खारेज हुँदैन त्यसबेलासम्म आफूहरु लडिरहने बताए । नेकपा माओवादीका केन्द्रिय सदस्य तथा लुम्बिनी उपव्यूरो इन्चार्ज क। विरजंग सहितको उपस्थित रहेको जुलुसमा शुभचिन्तकहरुमा अत्याधिक भीड रहेको थियो । भोलीको बन्दलाई सबै रुपन्देहीबासी व्यापारी, व्यवसायी, उद्योगी, शिक्षक, विद्यार्थी, पत्रकार लगायत सबै सरोकारवालाहरुलाई सहयोग गर्न रुपन्देही पार्टीले आब्हान गरेको छ ।

-
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment