Thursday, July 9, 2015

गुडिरहेको बसलाई माथिबाट खसेको ढुङ्गाले थिच्यो, यात्रु बसभित्रै


नुवाकोट, असार २४

पासाङल्हामु मार्ग अन्तर्गत त्रिशूली–काठमाडौं सडक खण्डको सिस्नेरीमा यात्रुबाहक बसलाई माथिबाट खसेको ढुङ्गाले थिचेको छ।
नुवाकोटको वुङताङबाट काठमाडठौं जादै गरेको बा२ ख २८४१ नम्वरको बसलाई वर्षासँगै सिस्नेरी भिरबाट खसेको ढुङ्गाले थिचेको प्रहरीले जनाएको छ। नुवाकोट प्रहरीका अनुसार गुढिरहेको बसमा माथिबाट  ढुङ्गा खसेको हो।
सशस्त्र, जनपथ र नेपाली सेनाको टोली घटनास्थलमा पुगेपनि माथिबाट पहिरो बग्नेक्रम जारी रहेकाले उद्धारमा समस्या आएको पुरिएको प्रहरी निरीक्षक जयराम वन्तले बताए।
पहिरोमा फसेको गाडीबाट सह–चालक सहित तीन जनाको उद्धार गरेपनि गाडी भित्र चिच्याइरहेकाहरुको उद्धारमा कठिनाई भएको प्रहरीले बताएको छ।
घटनास्थल काठमाडौं–त्रिशूली खण्डको ३५ किलो भन्ने बजारबाट १ किलोमिटर काठमाडौं तर्फ पर्दछ। 

0 comments:

Post a Comment